Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध 

अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध 

इच्छाकामना न्युज

८, बैशाख २०७८
अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध 

काठमाण्डौ, ८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारेना सङ्क्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

images

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा सङ्क्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताउनुभयो ।

मन्त्रालयले आज गरेको कोरोना सम्बनिध प्रेस ब्रिफिङमासभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गर्नुभयो ।  कोरोना सङ्क्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दै गरेकाले थाहा पाइपाइ भीडभाडमा नजान उहाँले आग्रह गर्नुभयो ।

उहाँले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले सङ्क्रमण थप फैलिँदै गइरहेको बताउनुभयो ।  

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १९:४२:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology