Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज मात्रै नेपालमा २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि 

आज मात्रै नेपालमा २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि 

images

इच्छाकामना न्युज

८, बैशाख २०७८
आज मात्रै नेपालमा २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि 
images

काठमाण्डौ, ८ बैशाख । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना थपिएका छन् । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभयो  ।

उहाँका अनुसार पीसीआर विधिबाट २ हजार २ सय २० र एन्टिजेन विधिबाट १ सय ३१ गरी जम्मा २ हजार ३५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७ सय ८६, भक्तपुरमा ८४ र ललितपुरमा १ सय ८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिनुभयो ।

यससँगै देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबारदेखि आजसम्म २३ हजार ९ सय जनामा  परीक्षण गर्दा ५ हजार १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८ सय ३ जनाको एन्टिजेन परीक्षण भएको छ । 

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - १९:४१:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology