Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आईपीएल क्रिकेटमा दिल्ली क्याटपिल्स्को तेस्रो जित 

आईपीएल क्रिकेटमा दिल्ली क्याटपिल्स्को तेस्रो जित 

images

एजेन्सी

८, बैशाख २०७८
आईपीएल क्रिकेटमा दिल्ली क्याटपिल्स्को तेस्रो जित 
images

दिल्ली क्याटपिल्स्ले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा हिजो राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको एक सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाउनुभयो । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाउनुभएको थियो । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । चौथो स्थानमा मुम्बईको ४ खेलमा ४ अंक छ । आईपिएल क्रिकेटमा दुई खेल हुनेछन् । दिउँसो हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स् र सन् राईजर्स् हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै साँझ हुने अर्को खेलमा चेन्नई सुपरकिङ्ग्स् र कोलकत्ता नाईटराईडर्स् भिड्नेछन् । 

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - ०९:२८:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology