अविनाश आचार्य, बारा, ८ बैशाख । फिनिसिङ लाईनअप नचल्दा एफसी विजय युथ हेटौडा जीतपुरसिमरा गोल्डकपको क्वाटरफाईनबाट बाहिरिएको छ । प्रतियोगिताको सातौँ संस्करणको विजेता समेत रहेको हेटौँडा, एघारौँ संस्करणमा संकटा क्लब काठमाण्डौसँग पराजीत हुँदै उपाधी होडबाट बाहिरिएको हो ।
हेटौँडाको फितलो फिनिसिङको फाईदा उठाउँदै संकटाले २–१ को जित निकाल्यो । संकटाको जितका लागि ओडे ग्लोरी र गणेश हमालले गोल गर्नुभयो । खेलको नवौँ मिनेटमा ग्लोरीले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाउनुभएको थियो । सुभास गुरुङको क्रस बललाई उहाँले हेडमार्फत गोलमा परिणत गर्नुभएको थियो ।
खेलमा पहिलो अग्रता बनाए पनि जितका लागि भने संकटाले अन्तिमसम्म संघर्ष गर्नुप¥यो । ३९ औँ मिनेटमा हेटौँडाका लागि फुफुनोले गोल गर्दै टिमलाई बराबरीमा ल्याउनुभएको थियो । उहाँले डिबक्सभित्र पाएको बललाई आकर्षक प्रहार गर्दै जाली चुमाउनुभएको थियो ।
खेलमा संकटाबिरुद्ध आक्रमक देखिएको हेटौँडा फिनिसिङ लाईनमा चुक्दा हारको सामना गर्नुप¥योे । हेटौँडासँग दवावमा परेको परेको संकटाले खेलको ८९औँ मिनेटमा निर्णयक गोल ग¥यो । संकटाका प्रकाश बुढाथोकीको क्रसलाई सम्हाल्दै गणेश हमालले आकर्षक रुपमा गोल गर्नुभएको थियो । जीतसँगै संकटा जारी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमीफाईनलमा आयोजक नवजनजागृती युवा क्लब र अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनबिच खेल हुनेछ ।