Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अझै पनि महिलाहरु महिनावारी बार्न बाध्य

अझै पनि महिलाहरु महिनावारी बार्न बाध्य

images

सिआईएन

८, बैशाख २०७८
अझै पनि महिलाहरु महिनावारी बार्न बाध्य
images

काठमाण्डौ, ८ बैशाख । गलत परम्परागत अभ्यासका महिनावारी भएका बेला अझै महिलाहरु विभिन्न किसीमका पोषिलो खानेकुरा खानबाट बन्चित हुनुपरेको छ । महिनावारी भएका बेला दुध,दधि,ध्यु लगायतका खानेकुरा खादा देवता रिसाउने भन्ने परम्परागत सोचका कारण महिलाहरु महिनावारी बार्न बाध्य हुनुपरेको छ ।

सिन्धुलीका सीता बोहोराले महिनावारी भएका बेला आफु भान्सामा पनि पस्न नपाउने र मन लागेको खानेकुरा समेत खान नपाइने बताउनुभयो  महिनावारी भएका बेला विभिन्न कुरा बार्न पर्दा सीतालाई महिनावारीका ५ दिन कटाउन निकै मुस्किल हुन्छ ।

सुनसरीका लक्ष्मि हमाल पनि महिनावारी बार्ने गरेको बताउनुभयो । संयुक्त परिवारमा बस्दा अनिवार्य महिनावारी बार्ने गरेको तर एक्लै बस्दा भने आफुले सबै काम गर्ने र सबै खानेकुरा खाने हमालले बताउनुभयो ।

जुम्लाका हस्तना न्यौपानेले भने देवता रिसाउने भन्दै महिनावारी भएका बेला दुध,दधि,ध्यु जस्ता खानेकुरा खान नपाउने प्रचलन अझै कायम रहेको बताउनुहुन्छ । तर थारु समुदायमा भने महिनावारी बार्ने चलन नभएकोे वर्दियाका सिता थारुले बताउनुभयो ।

चिकित्सकहरुले भने  महिनावारी भएका बेला झोलीलो र पोषिलो खानेकुरा खानुपर्ने दिएका छन् । गलत परम्परागत सोचाइका कारण महिनावारी भएका बेला केही पोषिला खानेकुरा वार्न लगाउँदा महिलाको स्वास्थ्यमा असर पर्ने गरेको जनस्वास्थ्य बिज्ञ चिरन राईले बताउनुभयो । 

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - ०९:१७:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology