Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण 

असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण 

images

इच्छाकामना न्युज

८, बैशाख २०७८
असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण 
images

काठमाण्डौ, ८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना सङ्क्रमण हुनसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले हिजो भच्र्युअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ सङ्क्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा सङ्क्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताउनुभयो । असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उहाँले लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने बताउनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले लागू गरेका मापदण्ड पालना गरेमा ठूलो चुनौती रोक्न सकिने र लकडाउनको अवस्था टार्न सकिने बताउनुभयो ।

हाल २ हजार सङ्क्रमितलाई उपचार गर्न सकिने रेमडिसिभर औषधि र ४ लाख पीसीआर किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७८ बुधवार - ०९:१४:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology