Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आइपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई खेल्दै

आइपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई खेल्दै

images

एजेन्सी

७, बैशाख २०७८
आइपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र मुम्बई खेल्दै
images

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) टी ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुँदैछ । आज हुने खेलमा तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र चौथों स्थानमा रहेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा हुने यी दुई टोलीबीचको खेल राती ८ बजेबाट सुरु हुनेछ । यसअघि गयराति भएको खेलमा चेन्नई सुपर किङ्सले  दोस्रो जित निकालेको छ ।

राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो ।चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । जितसँगै चेन्नई लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०९:१६:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology