अविनाश आचार्य, बारा, ७ बैशाख । ११ औँ संस्करणको जीतपुर सिमरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेल आजहुँदैछ । प्रतियोगिता अन्तर्गत आजको खेलमा संकटा क्लब काठमाडौं र एफसी विजय युथ हेटौँडा बीच प्रतिस्पर्धा हुनेछ ।
सिमरा रंगशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ । संकटा सिधै क्वारफाईनल खेल्न लागेको हो भने हेटौँडाले आफ्नो पहिलो खेलमा सुदुरपश्चिम ११ धनगढीलाई हराउँदै संकटासँगको भेट पक्का गरेको हो ।
यसअघि, हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । बागमती युवा क्लब सर्लाहीलाई २–१ ले पछि पार्दै एपिएफले सेमिफाईनलमा स्थान बनाएको हो ।
एपिएफको जितमा प्रदिप लामा एक्लैले दुई गोल गर्नुभयो । खेलको ३२ औँ मिनेटमा बागमती बिरुद्ध पहिलो अग्रता बनाएको एपिएफले अग्रता जोगाउन नसक्दा नतिजाका लागि अतिरिक्त समय कुर्नु परेको थियो ।