काठमाण्डौ, ७ बैशाख । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने आजको खेलमा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो ।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहति मैदान उत्रने छ । सिरिजको दुई खेलमा नेपाल अपराजित रहँदै शिर्ष स्थानमा रहेको छ ।
नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अङ्क जोडेको छ ।नेदरल्यान्ड्स भने आजको खेलमा नेपाललाई पराजित गर्दै आफ्नो फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेदरल्यान्ड्स २ खेलमा १ जितसहित २ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।
दुई खेक गुमाएको मलेसियाले भने अङ्क जोड्न सकेको छैन ।राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगाबै फाइनल पुग्ने छ ।