Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः देशका केही पहाडी भूभागमा मेघगर्जन सहित वर्षा हुन सक्ने 

आजको मौसमः देशका केही पहाडी भूभागमा मेघगर्जन सहित वर्षा हुन सक्ने 

इच्छाकामना न्युज

७, बैशाख २०७८
आजको मौसमः देशका केही पहाडी भूभागमा मेघगर्जन सहित वर्षा हुन सक्ने 
images

चितवन, ७ बैशाख । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नपछि देशका केही पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुनसक्ने जनाएको छ।

images
images

महाशाखाले मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै आज बिहान देशका उच्च  पहाडी भू–भागमा आंशिक बदली रहेको रही बाँकी भू–भागको मौसम सफा रहेकोजनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली,गण्डकी  तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ।

यस्तै राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने पनि महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख ७, २०७८ मंगलवार - ०९:०६:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology