स्पेनिस कोपा डेल रे को फुटबलको उपाधिबार्सिलोनाले हात पारेको छ । गयराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गर्नुभयो भने एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले समान एक एक गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।
यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ । दुई साता अघि सन् २०१९÷२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १–० ले पराजित भएको थियो ।