Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आईपीएल क्रिकेट लिग अन्तर्गत आज दुई खेल हुँदै 

आईपीएल क्रिकेट लिग अन्तर्गत आज दुई खेल हुँदै 

images

एजेन्सी

५, बैशाख २०७८
आईपीएल क्रिकेट लिग अन्तर्गत आज दुई खेल हुँदै 
images

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने आजको खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर लिगमा २ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने इयोन मोर्गनको कप्तानीमा रहेको कोलकोत्ताले २ खेलमा एकमा जित र एकमा हार व्यहोर्दै तालिकाको छैठौं स्थानमा रहेको छ ।

यस्तै आजै हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।मुम्बईस्थित वानखेडे स्टेडियममा हुने दिल्ली र पञ्जाबबीचको खेल राती ८ बजेबाट सुरु हुनेछ । रिसब पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्सले लिगमा २ खेल खेल्दै १ अङ्क जोडेर तालिकाको चौंथो स्थानमा छ ।

यस्तै केएल राहुलको कप्तानीमा रहेको पञ्जाबले समान खेल खेले खेल्दै समान अङ्क जोडेर पनि रन रेटको आधारमा तालिकाको सातौं स्थानमा रहेको छ । यसअघि गयराति भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै दोस्रो जित निकालेको मुम्बई लिगको शिर्ष स्थानमा उक्लेको हो ।

मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।मुम्बईले ३ खेलमा ४ अङ्क जोडेको छ । हैदरावादको यो लगातार तेस्रो हार हो ।

images
प्रकाशित मिति :बैशाख ५, २०७८ आइतवार - ०९:०२:५६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology