Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

इच्छाकामना गाउँपालिकाका बिरामीले अब नि:शुल्क रगत पाउने

इच्छाकामना गाउँपालिकाका बिरामीले अब नि:शुल्क रगत पाउने

images

इच्छाकामना न्युज

३, बैशाख २०७८
इच्छाकामना गाउँपालिकाका बिरामीले अब नि:शुल्क रगत पाउने
images

कुरिनटार, ३ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका वासी कुनै पनि बिरामीले अब नि:शुल्क रगत पाउने भएको छ। इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवन बिच गाउँपालिका वासी बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएपछी इच्छाकामनाका नागरिकले रगतको शुल्क तिर्न नपर्ने भएको हो। सो सम्बन्धी दुबै संस्था बिच बिहिवार सम्झौता भएको हो। सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष गीता कुमारी गुरुङ र रेडक्रसको तर्फबाट जिल्ला सभापति ज्ञानशाली न्यौपानेले हस्ताक्षर गरेका छन्। FB_IMG_1618590663929.jpgसम्झौता अनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचय पत्र वा सिफारिस पत्रको प्रतिलिपी भने बुझाउनु पर्नेछ। यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिका भन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुबिधा लिन पाउनेछ। सम्झौतामा उल्लेख भए अनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको नि:शुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ। यो संगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो।

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - २२:१७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology