Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सांसद कृष्णभक्त पोखरेलको पहलमा इच्छाकामनाको जलविरे–ढुंग्रे सडकलाई पुनः ७५ लाख बजेट थप

सांसद कृष्णभक्त पोखरेलको पहलमा इच्छाकामनाको जलविरे–ढुंग्रे सडकलाई पुनः ७५ लाख बजेट थप

images

इच्छाकामना न्युज

३, बैशाख २०७८
सांसद कृष्णभक्त पोखरेलको पहलमा इच्छाकामनाको जलविरे–ढुंग्रे सडकलाई पुनः ७५ लाख बजेट थप
images

चितवन, ३ वैशाख । चितवन क्षेत्र नं. २ का संघिय सांसद कृष्णभक्त पोखरेलको विशेष पहलमा इच्छाकामना गाउँपालिकाको जलविरे देखि याकराङ हुदै ढुंग्रे पुग्ने निर्माणधिन सडक निर्माणको लागि पुनः बजेट थप भएको छ। सांसद पोखरेलको पहलमा उक्त सडक निर्माणको लागि पुनः ७५ लाख रुपैयाँ बजेट थप भएको हो। 

सो सडकसँगै सांसद पोखरेलको निर्वाचन क्षेत्रमा थप ५ करोडको बजेटको योजना स्वीकृत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय मार्फत सो योजना स्वीकृत भएको हो ।

शहरी विकास मन्त्रालय मार्फत सघन सहरी विकास कार्यक्रम अन्तर्गत २ करोड २५ लाखको बजेट स्वीकृत भएको छ । भरतपुर महानगरपालिका वडा नं. ५ र ६ को सीमा बाटो र वडा नं. १० रमाइलो चोकदेखि ज्ञानदर्शन स्कुल सम्मको ढल र बाटो स्तरोन्नतीका लागि थप १ करोड बजेट विनियोजन भएको छ । 

यस्तै भरतपुर १० को चित्रसेन मार्ग भित्र ढुङ्गाना चोकदेखि सप्तगण्डकी क्याम्पसको बाटो तथा नाला स्तरोन्नतीका लागि थप ७५ लाख बजेट विनियोजन भएको छ । भरतपुर वडा नं. ११ मुक्तिनगर देवी प्रसाद मार्ग ढल निर्माण र भरतपुर ५ धिताल चोकबाट साइबाबा मन्दिर सम्मको बाटो स्तरोन्नतिका लागि थप २५/२५ लाख बजेट विनियोजन भएको सांसद कृष्णभक्त पोखरेलले बताए । उनले यसअघि विनियोजित रकम अपुग भएपछि थप रकम विनियोजन भएको जानकारी दिए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत भरतपुरको बसेनी बजार लामाटोल पदमपुर शक्तिखोर सडक निर्माणका लागि ७५ लाख, जुगेडी तान्द्राङ चौकिडांडा सडक र कालिका नगरपालिका रिंग रोडका लागि पनि थप ७५/७५ लाख बजेट विनियोजन भएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - २०:१२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology