Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा उत्पादित शिरिष पानीमा माकुरा, काठको धुलो, भुसुना, खाद्यको निर्देशन अटेर

सर्लाहीमा उत्पादित शिरिष पानीमा माकुरा, काठको धुलो, भुसुना, खाद्यको निर्देशन अटेर

रमेश अधिकारी( रितिक)

३, बैशाख २०७८
सर्लाहीमा उत्पादित शिरिष पानीमा माकुरा, काठको धुलो, भुसुना, खाद्यको निर्देशन अटेर

सर्लाही, २ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका  २ मा रहेको नेस्नल वाटर एण्ड बेभरेज प्रालीले उत्पादन गरेको शिरिष पानी गुणस्तरहिन पाइएको छ । नेस्नल वाटर एण्ड बेभरेज प्रालीले उत्पादन गरेको शिरिष पानीको बोतल भित्र भुसुना तथा लेदो र फोहोर पाइएको हो । 

images

लालबन्दी बजारमा बिक्रि वितरण गरिएको पानीमा कम्पनीले उत्पादन गरेर बजारमा पुर्‍याए लगतै पानीको बोतलमा भुसुना भेटिएको स्थानिय एक होटल सञ्चालकले  बताएका छन् ।

बजारमा तिब्र प्रतिस्पर्धा रहेको समयमा नेस्नल वाटर एण्ड बेभरेज प्रालीले उत्पादन गरेको शिरिष पानीले लालबन्दीबासीको स्वास्थ्य माथी खेलवाड गरेको पाइएको छ । सोही विषयमा आफुहरुले कम्पनीका सञ्चालक अकल भण्डारीलाई जानकारी गराउँदा व्यापारी÷व्यापारी मिलेर जानुपर्छ समस्या सृजना भएको भए समाधान गरेर जाने बताउनु भएको ती होटल सञ्चालकले बताएका छन् ।

पहिला पनि १/२ दिनमात्रै राख्दा पनि नेस्नल वाटर एण्ड बेभरेज प्रालीले उत्पादन गरेको शिरिष पानीको बोतलमा  पिँधमा पंहेला लेदो लाग्ने,पानीको बोतलमा माकुरा,काठको धुलो लगायतका अखाद्य वस्तु फेला पर्ने गरेका अर्का होटल व्यावसायिले बताएका छन् । 

यता, नेस्नल वाटर एण्ड बेभरेज प्रालीका अर्का मालिक शिव गौतमले आफ्ना काम गर्ने कर्माचारीका कारण यी समस्या सृजना भएको भन्दै आफु पन्छीनु भयो ।

उहाँहरुका अनुसार आफुहरुले बद्री चौलागाईसंगबाट भाडामा लिएर कम्पनी चलाएको र चौलागाईले खाद्यगुण तथा प्रविधि नियन्त्रण विभागमा गएर मिलाएर आएको बताउका हुन । चौलागाई हाम्रो सम्पर्कमा छैनन् । उनले बजारमा कुनै समस्या नआउने बताएका कारण आफुहरुले कम्पनी चलाएको हो । गौतमले भने ।

यता, खाद्यगुण तथा प्रविधि नियन्त्रण विभाग जनकपुर र मलंगवाको टोलीले संयुक्त अनुगमन गर्दा पानी उत्पादन निर्देशिका २०७४ अनुसार नरहेको पाइएकाले पानी उत्पादन तथा विक्रि वितरणमा रोक लगाइएको  खाद्यगुण तथा प्रविधि नियन्त्रण विभाग मलंगवाका प्रमुख जगत चौधरीले बताउनुभयो । 

उहाँका अनुसार बजारमा विक्रि वितणका लागि लान तयार पारिएको पानी अनलोड गरि खाद्य ऐनको २३९घ० अनुसार मुचुल्का तयार पारी हस्ताक्षर गराएको र पानी उत्पादन तथा विक्रि वितरण नगर्ने सहमती भएकोमा कम्पनी सञ्चालकले अटेर गरि पानी उत्पादन तथा विक्रि वितरण गरि रहेको पाइएको छ ।  

तर कम्पनीका आधिकारीक मालिक साकार शर्माका अनुसार आफुहरुसंग भाडाको सम्झौता हुँदा कम्पनीमा आएका सबै समस्या भण्डारी र गौतमले दिनेगरी समहती भएको शर्माले बताउनु भयो । साथै उहाँल जिल्लाका सबै पानी उत्पादक कम्पनी बन्द हुनु पर्ने बताउनु भयो । उहाँले पिउँने पानीमा समेत कालोबजारी भएको बताउनु भयो । 

कम्पनीका मालिक शर्माले भण्डारी र गौतमले आफुहरुलाई फसाउन जानाजान गुणस्तरहिन पानी उत्पादन गरि विक्रि वतरण गरेको आरोप लागउनु भयो । नेस्नल वाटर एण्ड बेभरेज प्रालीको कम्पनी दर्ता २०७४ सालदेखि नै नविकरण समेत फेल भएको थियो भने केही पहिला मात्र नविकरण भएको शर्माले बताउनु भयो ।

सर्लाहीमा सञ्चालीत ९/१० वटा पानी उत्पादन तथा विक्रि वितरण गर्ने फयाक्ट्रीहरु मध्य अधिकांश दर्ता पनि नभएका र  गुणस्तरहिन समेत रहेको व्यापारीहरुले नै बताउने गरेका छन् । 

हरेक ३/३ वर्षमा मर्मत सम्भार हुनु पर्ने फ्याक्ट्रीको मेसीन १८ वर्ष सम्मपनि मर्मत नगरि सञ्चालन समेत गरेको पाइएको छ । भने शिव गौतम र अकल भण्डारीले अर्को तृष्ण नामकपानी उत्पादन गर्ने तयारी गरेका कारण पनि भाडामा लिएको कम्पनीको छवी विर्गान गुणस्तरहिन पानी उत्पादन गरेको पाइउको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७८ शुक्रवार - १२:४४:४९ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology