भारतको उत्तर प्रदेशमा पञ्चायत चुनावको पहिलो चरणको मतदान सुरु भएको छ । उत्तर प्रदेशको विधानसभा चुनाव भन्दा अगाडी हुन लागेको चुनाव बिहान७ बजेबाट सुरु भएको छ । पञ्चायत चुनावको पहिलो चरणमा १८ जिल्लामा मतदान सुरु भएको छ ।
राज्य निर्वाचन आयोगका अनुसार बिहान७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । जिल्ला पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य, ग्रामप्रधान र ग्राम पञ्चायत वार्ड सदस्यका लागि २ लाख २१ लाखभन्दा बढी पदका लागि ३ लाख ३३ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् ।
चार चरणमा हुने यस चुनावको पहिलो चरणमा अयोध्या, आगरा, कानपुर, गाजीयाबाद, गोरखपुर, जौनपुर, झाँसी लगायतका जिल्लामा मतदान भइरहेको छ ।