Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आगामि आर्थिक वर्षमा ३ सय स्थानीय तहका भुमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गरिने 

आगामि आर्थिक वर्षमा ३ सय स्थानीय तहका भुमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गरिने 

images

सिआईएन

२, बैशाख २०७८
आगामि आर्थिक वर्षमा ३ सय स्थानीय तहका भुमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गरिने 
images

काठमाण्डौ, २ वैशाख । सरकारले आगामि आर्थिक वर्षमा ३ सय स्थानीय तहका भुमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत भुमिहीन सुकुम्बासीको लगत तथ्याङ्गक संकलन सक्ने र पुर्जा वितरण गर्ने तयारी गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार आगामी वर्ष ७७ वटै जिल्लामा गरिब पहिचान गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिने छ ।

त्यस्तै सरकारले मालपोतसँग सम्बन्धीत सम्पुर्ण तथ्याङ्गकहरुलाई डिजिटल प्रविधिमा लैजाने गरी योजना बनाएको सीआईएनसँगको कुराकानीमा भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्रालयले देशभरीका सहकारीहरुको अनुगमनका लागि अनलाइन सुचना प्रणाली तयार गर्ने कार्यक्रम ल्याउने पनि तयारी गरेको छ ।   

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०९:५३:४६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology