Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदैः स्वास्थ्य मन्त्रालय 

नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदैः स्वास्थ्य मन्त्रालय 

इच्छाकामना न्युज

२, बैशाख २०७८
नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिँदैः स्वास्थ्य मन्त्रालय 

काठमाण्डौ, २ वैशाख । सरकारले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको बताएको छ । पछिल्लो समय मुलुकमा बढ्दो कोरोना सङ्क्रमणको दर र अस्पताल भर्ना हुने बिरामीको अनुपातले नेपालमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भइसकेको पुष्टि भएको सरकारले बताएको छ ।

images

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा देखिने गरेका कोरोना सङ्क्रमितहरुमा बेलायतमा देखिएको न्यू भेरिएन्ट जसलाई युके भेरिएन्ट समेत भनिन्छ र भारतमा देखिएको डबल म्युटेन्ट भाइरस पनि पुष्टि भएको छ । मन्त्रालयले भारतसँग जोडिएका सीमा नाकाहरुमा गर्ने गरेको नमूना परीक्षण र प्रयोगशालाहरुमा गरिने पिसिआर परीक्षणमा युके भेरिएन्ट र डबल म्युटेन्ट भेरिएन्ट फेला परेको बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भइसकेको भन्दै सबैलाई सचेत र सतर्क रहन आग्रह गर्नुभयो । यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको दोस्रो चरणको लहर राम्रोसँग समुदायस्तरमै फैलिसकेको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा पछिल्लो समय गरिएको कोरोनाको आरटी पिसिआर र एन्टीजेन परीक्षणमा देखिएको कोरोना सङ्क्रमणले समुदाय स्तरमै कोरोना फैलिसकेको बताउनुभयो । उहाँले मुलुकका विभिन्न शहरहरुमा कोरोना भाइरसको यूके भेरियन्टको संक्रमण फैलिएको भन्दै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरिएन्ट अफकन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको उल्लेख गर्नुभयो ।

मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा डा. पौडेलले पछिल्लो समय नेपालमा युके भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिम ाफैलिँदै गएको बताउनुभयो । जनवरी महिनाको पहिलो साता ४ प्रतिशत पिसिआर पोजेटिभमा एस जिन नेगेटिभ थियो, जुन मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत पुगेको उहाँको भनाइ छ । उहाँका अनुसार एस जिन नेगेभिट भएका मध्ये अधिकांशमा यूके भेरिएन्ट पाइएको छ ।

एस जिन नेगेटिभ भएका १० वटा र एस जिन पोजेटिभ आएका ५ वटा नमुना जिन सिक्वेन्सिङका लागि हङकङ स्थित प्रयोगशालामा पठाइएको थियो । डा. पौडेलले एस जिन नेगेटिभ भएका १० मध्ये ९ वटा नमुनामा यूके भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको बताउनुभयो । उनीहरु २१ देखि ५९ वर्ष उमेर समूहका थिए ।

जसमा ४ जना काठमाडौंका, २/२ जना भक्तपुर र पोखरा तथा एक जना नुवाकोटका थिए भने दार्चुलाका एक व्यक्तिको नमुनाको जिन सिक्वेन्सिङ हुन सकेको भन्दै हङकङ पठाइएका एस जिन पोजेटिभ आएका ५ वटा नमुना मध्ये एकमा डबल म्युटेन्ट पुष्टि भएको पनि डा. पौडेलले बताउनुभयो ।

images
प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०९:३६:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology