कुरिनटार, १ बैशाख । गोरखाको शहिद लखन गाउँपालिका स्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरुको संख्या बढ्दै गएका छन् । नयाँ बर्ष २०७८ को दिन आज एकै दिन नौ हजार बढी मनकामना मन्दिर पुगेका छन् ।
मनकामना केबुलकार र सडकबाट हुदैँ ती संख्यामा दर्शनार्थीहरु मनकामना मन्दिर पुगेको मुल पुजारी इनशान थापाले जानकारी दिनुभयो ।
मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार आज ६ हजार जना केबलकार चढेर मन्दिर पुगेका थिए । लकडाउनपछिको यो सबै भन्दा बढी संख्या हो । लकडाउनपछि यस अघि एकैदिन ४ हजार सम्मले केबुलकार चढेका थिए ।
कोरोना भाइरस कोभिड १९ का कारण झण्डै ९ महिना बन्द भएको मनकामना मन्दिर र केबुलकार गत मंसिर २८ गतेबाट स्वाथ्य मापदण्ड पालना गरि संचालनमा ल्याएका हुन्।