Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यान्मारमा जारी हिंसाले सिरियाको जस्तो स्थिति बन्न सक्ने 

म्यान्मारमा जारी हिंसाले सिरियाको जस्तो स्थिति बन्न सक्ने 

images

एजेन्सी

१, बैशाख २०७८
म्यान्मारमा जारी हिंसाले सिरियाको जस्तो स्थिति बन्न सक्ने 
images

संयुक्त राष्ट्र मानवाधिकार संस्थाले म्यान्मारमा जारी हिंसाले सिरियाको जस्तो अवस्था उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । संस्थाका प्रमुख मिचेल ब्याचलेटनले सेनाले म्यान्मारमा गरेको कुपछि उत्पन्न परिस्थितिले त्यहाँ सिरिया जस्तो स्थिति बन्न सक्ने बताउनुभयो ।

म्यान्मारमा सेनाको हिंसाका कारण सिरिया जस्तो उत्पन्न हुनु चिन्ताजनक विषय भएकाले त्यसलाई तत्काल कसरी नियन्त्रण गर्न सकिन्छ त्यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक रहेको उहाँको भनाइ छ । म्यान्मारमा सैनिक शासन लागू भएपछि त्यहाँ एक वर्षका लागि शंकटकालको घोषणा गरिएको छ भने प्रजातन्त्रवादी नेतृ सुचीको समर्थनमा नागरिकहरु सडकमा उत्रिएका छन् ।

निरन्तरको आन्दोलनका कारण म्यान्मारमा हालसम्म सेनाको दमनमा परि २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघले पनि म्यान्मारमा सैनिक कुलाई तत्काल रोक्न आग्रह गरिसकेको छ भने विश्वका विभन्न मुलुकले म्यान्मारलाई दिने सहयोग र सम्झौता रद्द गरिसकेको छ ।

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ११:५५:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology