Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजबाट नयाँवर्ष २०७८ सुरु

आजबाट नयाँवर्ष २०७८ सुरु

images

इच्छाकामना न्युज

१, बैशाख २०७८
आजबाट नयाँवर्ष २०७८ सुरु
images

चितवन, १ वैशाख । आजबाट नयाँवर्ष २०७८ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते, आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज हरेक व्यक्तिले गतवर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । नयाँवर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरूले देश–विदेशमा रहेका समस्त नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।

तर, कोरोना महामारीका कारण यसवर्ष बजारमा खासै चहलपहल देखिएको छैन । पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमका कारण सरकारले नयाँवर्षलाई घरमै मनाउन आग्रह गरेको छ । भिडभाड हुने स्थानमा नजान र भिडभाड नगर्न भन्दै सरकारले कोरोनाको जोखिमबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनिआग्रह गरेको छ । 

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - ११:३८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology