Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

धुलिखेलमा बिजुलीको पोलमा बाँधेर कुकुरको हत्या

धुलिखेलमा बिजुलीको पोलमा बाँधेर कुकुरको हत्या

images

इच्छाकामना न्युज

३१, चैत्र २०७७
धुलिखेलमा बिजुलीको पोलमा बाँधेर कुकुरको हत्या
images

काठमाडौं, ३१ चैत  । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मार्नेलाई कारवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । ‘सडक कुकुरलाई मारेको भनिएको छ’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले भने–‘हामी अनुसन्धान गरिरहेका छौँ ।’

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मारेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्रहरीमा उजुरी दिएका छन् ।

कुकुरको हत्या गरेको भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टोकेको बच्चा बस्ने घरमा तोडफोड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अमानवीय व्यवहार गर्दै घरको सिसा फुटाएको डिएसपी खतिवडाले बताए ।

‘कुकुर मार्ने मान्छे निकाल’ भनेर बालकलाई अमानवीय व्यवहार गरेर तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । तोडफोड गर्ने समूहबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । कुकुरको हत्या गर्नेलाई ५ हजार जरिवाना र १ महिना कैद हुने कानुनी व्यवस्था छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १०:१०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology