आँबुखैरेनी, ३० चैत । नेपाल कम्युनिष्ट पार्टी एमालेले आँबुखैरेनी गाउँकमिटिको पदाधिकारी चयन गरेको छ। एमाले तनहुँको आज दमौलीमा बसेको पूर्ण बैठकले आँबुखैरेनी गाउँकमिटिको पदाधिकारी चयन गरेको हो।
जस अनुसार एमालेको आँबुखैरेनी गाउँकमिटि इन्चार्जमा ऋषि के.सी., अध्यक्षमा मिना अधिकारी र सचिवमा बेल बहादुर गुरुङलाई चयन गरेको स्रोतले जनाएको छ। यद्यपी पार्टीको आज बसेको पूर्ण बैठकको निर्णयहरुको बारे भोली दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिने तयारी गरेको एमाले तनहुँले जानकारी दिएको छ।