Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नक्कली सुन देखाएर सुन लुट्ने धादिङका २ युवा तनहुँमा पक्राउ

नक्कली सुन देखाएर सुन लुट्ने धादिङका २ युवा तनहुँमा पक्राउ

इच्छाकामना न्युज

३०, चैत्र २०७७
नक्कली सुन देखाएर सुन लुट्ने धादिङका २ युवा तनहुँमा पक्राउ
images

तनहुँ, ३० चैत । नक्कली सुन देखाएर विभिन्न बहानामा सुन लुट्ने काममा संलग्न एक गिरोहलाई तनहुँ प्रहरीले पक्रेको छ ।

images
images

दमौलीको ट्राफिक चोकमा आएका बेला चाइना पुलसम्म पु¥याएर म्याग्दे गाउँपालिका वडा नम्बर १ धरादी निवासी ६४ वर्षिया सेतीमाया राना मगरका साथबाट सुन लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्रेको हो ।


आईतबार दिउँसो भएको घटनामा रानाले कानमा लगाएको डेढ तोलाको एउटा बेरुवा रिङ, घाँटीमा लगाएको सात लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित जम्मा एक लाख ५८ हजार एक सय ५० रुपैयाँ बराबरको लुटपाट भएको थियो ।

ठगीको आरोपमा पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवा निवासी ३९ वर्षका सम्शेर सुनार र धादिङ सेरतुङ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २६ बुढीबजार निवासी ४४ वर्षका प्रेम तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

उनीहरुलाई ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २०:०९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology