शहिदलखका, २ कार्तिक
गोरका शहिदलखका १ सय १७ जनाको कोरोना परिक्षणको लागि स्वाबको नमुना संङकलन गरिएको छ।
गत असोज ३० गते घैरुङ स्वास्थ्य चौकीमा होम क्वारेन्टाईनमा बसेकाहरु २० जना गरिएको छ। त्यसैगरि कार्तिक १ गते मनकामना मा.वि.मा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ९१ जना र होम क्वारेनटाईनमा बसेका ६ जना गरि जम्मा ९७ जनाको लागि स्वाब संकलन गरि परिक्षणको लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाईएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताउनु भएको छ।
स्वाब सङ्कलन गर्ने कार्यमा सहयोग गर्ने स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण बावु अर्याल , गाउँपालिका स्वास्थ्य संयोजक विरेन्द्र श्रेष्ठ , स्वास्थ्य कर्मी विश्व श्रेष्ठ ,कन्चना थापा , मनकामना स्वास्थ्य इकाइका स्वास्थ्यकर्मी सहित सबैलाई गाउँपालिकाका अध्यक्ष थापाले धन्याबाद ज्ञापन गर्नु भयो। साथै गाउँपालिका बासीहरुलाई पुर्ण सावधानि अपनाई सुरक्षित बस्नुहुन अध्यक्ष थापाले अनुरोध गर्नु भएको छ।