Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना सङ्क्रमणवाट विश्वभरि एकैदिनमा ८ हजार ५० जनाको मृत्यु 

कोरोना सङ्क्रमणवाट विश्वभरि एकैदिनमा ८ हजार ५० जनाको मृत्यु 

images

एजेन्सी

३०, चैत्र २०७७
कोरोना सङ्क्रमणवाट विश्वभरि एकैदिनमा ८ हजार ५० जनाको मृत्यु 
images

वितेको २४ घण्टामा विश्वमा कोरोना सङ्क्रमणवाट ८  हजार ५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ५ सय १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा १३ करोड ६६ लाख २८ हजार ५ सय ३० जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् ।

त्यस्तै विश्वमा २९ लाख ४९  हजार २ सय २८ जनाको कोरोना सङ्क्रमणवाट मृत्यु भैसकेको छ भने १ लाख ३३  हजार ६९ जना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।  त्यस्तै विश्वभर सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या १० करोड९८  लाख ७७हजार ३२ जना पुगेको छ ।

महामारीबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा १ लाख ६९ हजार ९ सय १४ जना सङ्क्रमित भएका छन्  । भारतमा मात्रै २४ घण्टामा ९ सय ४ जनाको मृत्यु भएको छ । भारत पछि अमेरिका, बेलायत, ब्राजील, फ्रान्स लगायतका मुलुकहरु बढी प्रभावित छन् ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १९:४१:२४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology