Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा पनि कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै

नेपालमा पनि कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै

images

इच्छाकामना न्युज

३०, चैत्र २०७७
नेपालमा पनि कोरोना सङ्क्रमित र मृतक दुबै बढ्दै
images

काठमाण्डौ, ३० चैत । नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । गत २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत २४ घण्टामा  ५ सय ५९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  

यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ ।  गत २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ ।  

आज  १सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।  यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - १९:२१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology