Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आँबुखैरेनी बरालुङका १२ वर्षिय शिशिर गुरुङको हत्या अभियोगमा छिमेकी आईतसिंह गुरुङ पक्राउ

आँबुखैरेनी बरालुङका १२ वर्षिय शिशिर गुरुङको हत्या अभियोगमा छिमेकी आईतसिंह गुरुङ पक्राउ

images

इच्छाकामना न्युज

२९, चैत्र २०७७
आँबुखैरेनी बरालुङका १२ वर्षिय शिशिर गुरुङको हत्या अभियोगमा छिमेकी आईतसिंह गुरुङ पक्राउ
images

आँबुखैरेनी, २९ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ बरालुङ बस्ने १२ वर्षीय शिशिर गुरुङको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत २२ गते लाठी सहित कडा वस्तुले शरीरको संवेदनशील अङ्गमा कुटपिट गरी शिशिरको हत्या गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ५० वर्षीय आइतसिं गुरुङलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते शिशिरको चैत २४ गते मृत्यु भएको थियो । मृत्यु भएको घटनालाई गोप्य राखी लास सदगद् गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट लास उत्खनन् गरेको थियो । शवको पोष्टमार्टमका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

पक्राउ परेकाविरुद्ध आइतबार जिल्ला अदालत तनहुँबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । हत्या अभियोगमा पक्राउ परेका आइतसिं मृतकका छिमेकी हुन् ।

images
प्रकाशित मिति :चैत्र २९, २०७७ आइतवार - २१:५०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology