Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

विश्वभर १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणलाइ जिते 

विश्वभर १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणलाइ जिते 

images

एजेन्सी

२८, चैत्र २०७७
विश्वभर १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणलाइ जिते 
images

विश्वभर १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणलाइ जितेका छन् । विश्वभर १० करोड ८९ लाख ७९ हजार ५ सय ६८जना कोरोना भएर पनि निको भएका छन्  ।

यो कुल सङ्क्रमितको आधारमा निको हुने दर ८० दशमलब ४६ प्रतिशत हो । यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ४ सय ४० पुगेको छ  । पछिललो २४ घण्टामा १३ हजार २४ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७४ हजार ८ सयको मृत्यु भएको छ ।  

यसैगरी ब्राजिलमा ३ लाख ४८ हजार ९३४ जना, भारतमा १ लाख ६८ हजार ४६७ जना, रूसमा १ लाख २ हजार २४७ जना, बेलायतमा १ लाख २७ हजार ४० जना, फ्रान्समा ९८ हजार ३९५ जना, इटालीमा १लाख १३ हजार ५७९ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:५२:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology