Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

काठमाडौँ विश्वविद्यालयमा अनलाइन पढाई, अरु विश्वविद्यालय अन्योलमै 

काठमाडौँ विश्वविद्यालयमा अनलाइन पढाई, अरु विश्वविद्यालय अन्योलमै 

images

इच्छाकामना न्युज

२८, चैत्र २०७७
काठमाडौँ विश्वविद्यालयमा अनलाइन पढाई, अरु विश्वविद्यालय अन्योलमै 
images

काठमाण्डौ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरे पनि कार्यान्वयन भइसकेको छैन । कोरोनाको जोखिमलाई ध्यानमा राखी काठमाडौँ विश्वविद्यालयले हिजोदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।

१५ हजार २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको काठमाडौं विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ बैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने प्रवक्ता इकुमाया पुनले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयले भने यस विषयमा कुनै निर्णय गरिनसकेको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो ।

भौतिक उपस्थितिमै विभिन्न कार्यक्रम अन्तर्गतको अन्तिम परीक्षा र पढाई पनि भइरहेको बताउँदै उहाँले पढाई र परीक्षा स्थगित गर्ने वा अनलाईनमार्फत सञ्चालन गर्ने भन्ने विषयमा छलफल नै नभएको बताउनुभयो । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले बैशाखको ५ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु गर्ने तयारी गरे पनि कोरोना सङ्क्रमण बढेसँगै अन्योलता बढेको जनाएको छ ।

३० हजारभन्दा बढी विद्यार्थी भर्ना लिएको विश्वविद्यालय स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कक्षा सञ्चालन गर्ने योजनामा रहेको उपकुलपति डा. अम्बराज जोशीले जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले कुनै पनि निर्देशन दिइनसकेको बताउँदे उहाँले परिस्थिति अनुसार निर्णय गरेर अघि बढ्ने बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि शैक्षिक संस्था बन्द गर्ने विषयमा निर्णय भइनसकेको जनाएको छ । सीसीएमसीको बैठकले गरेको निर्णयलाई मन्त्रालयले कार्यान्वयन गर्ने सचिव रामप्रसाद थपलियाले बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:४२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology