Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा थपिदै कोरोना सङ्क्रमित, आज मात्रै ३ सय ३७ जनामा सङ्क्रमण 

नेपालमा थपिदै कोरोना सङ्क्रमित, आज मात्रै ३ सय ३७ जनामा सङ्क्रमण 

images

इच्छाकामना न्युज

२८, चैत्र २०७७
नेपालमा थपिदै कोरोना सङ्क्रमित, आज मात्रै ३ सय ३७ जनामा सङ्क्रमण 
images

काठमाण्डौ, २८ चैत । पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हिजो २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएकोमा आज सो संख्या बढेर ३ सय ३७ जना पुगेको हो ।

यसअघि अस्ति बिहिबार ३३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय सङ्क्रमितको संख्या बढ्दै गएको हो ।

सङ्क्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो बीचमा १ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।  देशभर कोरोना सङ्क्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।  निको हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ ।  देशभर सक्रिय सङ्क्रमित २८ सय छन् ।  

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्ज लगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको छ ।

आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकमा मन्त्रालयले सो प्रस्ताव तयार पारेको हो । भारतमा कोभिड सङ्क्रमण बढिरहेको र त्यसको प्रभाव नेपालमा समेत देखिएकाले मन्त्रालयले सजगता अपनाउन यस्तो प्रस्ताव गरिएको जनाएको छ ।

कोभिडको दोस्रो लहर आएसँगै हिजो मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढीको भेला नहुन आग्रह गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - १८:३८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology