बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको हिजो निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
राजदरबारले हिजो दिउँसो जारी गरेको विज्ञप्तिमाड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको उल्लेख गरिएको छ । विन्डसर क्यासलमा उहाँको निधन भएको पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
गत महिना ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज हुनु भएको थियो ।