भारतको नागपुरमा कोभिड अस्पतालमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नागपुरको वेल ट्रीट अस्पतालको आईसीयूमा आगलागी एक महिला सहित ४ जनाको मृत्यु भएको हो ।
आगलागी पछि अस्पतालमा रहेका अन्य बिरामीहरुलाई सकुशल उद्दार गरिएको छ । आगलागिको कारणबारे केही खुलाइएको छैन भने घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ ।
भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । नागपुरमा मात्रै गत २४ घन्टामा झन्डै ७ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।