Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आजको मौसमः पहाडी भू–भागमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

आजको मौसमः पहाडी भू–भागमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

images

इच्छाकामना न्युज

२७, चैत्र २०७७
आजको मौसमः पहाडी भू–भागमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना
images

चितवन, २७ चैत । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ।

अहिले देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।आज दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्ह पछि मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

राती देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक वा दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाभित्र देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनर चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहको तथा देशका पहाडी तथा तराइ भूभागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - ०९:१४:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology