Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारमा जारी हिंसामा परेरथप ११ जना प्रदर्शनकारीको मृत्यु 

म्यानमारमा जारी हिंसामा परेरथप ११ जना प्रदर्शनकारीको मृत्यु 

images

एजेन्सी

२७, चैत्र २०७७
म्यानमारमा जारी हिंसामा परेरथप ११ जना प्रदर्शनकारीको मृत्यु 
images

म्यानमारमा जारी हिंसामा परेर पछिल्लो पटक ११ जना प्रदर्शनकारीको मृत्यु भएको छ । गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हत्याएर कब्जा गरेपछि भइरहेका विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २० जना घाइते भएको बीबीसीले जनाएको छ ।

आन्दोलनकारीहरूले निषेधाज्ञा तोड्न थालेपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११ जनाको मृत्यु भएको स्थायानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । उत्तरपश्चिम म्यानमारस्थित ताज शहरमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएर सुरक्षा घेरा तोड्ने क्रममा बल प्रयोग भएपछि दुवै पक्षबीच भिडन्त भएको हो ।

गत फेब्रुअरी १ देखि म्यानमारमा सरकारको विरोधमा जारी हिंसात्मक प्रदर्शनहरूका क्रममा मृत्यु हुनेको संख्या ६ सय भन्दा बढी पुगेको छ । आन्दोलकारीहरूले आङसाङ सूचीको सरकारको पुर्नबहालीको माग गर्दै विरोध गरिरहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - ०९:०७:३५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology