पोखरा, २५ चैत । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले राजीनामा दिएको छ। मन्त्री चुमानले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। उनिसगै माओबादी केन्द्रबाट सरकारमा सहभागी कृषिमन्त्री लेखबहादुर थापाले पनि राजीनामा बुझाएका छन्। मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै रहने संसदीय दलका नेता समेत रहेका चुमानले बताए । मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै चुमानले सँगै काम गर्ने रहर हुँदाहुँदै पनि पार्टीको निर्णय अनुसार बाहिरिनु परेको बताएका थिए ।