चितवन, २४ चैत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका विभिन्न भागमा मौसम बदली रहने बताएको छ । आज बिहान देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार देशको बाँकी भू–भागमा तुवाँलोको प्रभाव रहे पनि मौसम भने सफा रहने जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ।
यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागको भनाइ छ।राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावनासमेत छ ।
महाशाखाले पछिल्लो केहि दिनदेखि काठमाडौं उपत्यकामा चिसो बढेकोले सतर्क रहन पनि आग्रह गरेको छ ।