Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

जेठ–असारमा कोरोना सङ्क्रमण फेरि उच्च विन्दुमा पुग्ने सरकारको आँकलन 

जेठ–असारमा कोरोना सङ्क्रमण फेरि उच्च विन्दुमा पुग्ने सरकारको आँकलन 

images

इच्छाकामना न्युज

२४, चैत्र २०७७
जेठ–असारमा कोरोना सङ्क्रमण फेरि उच्च विन्दुमा पुग्ने सरकारको आँकलन 
images

काठमाण्डौ, २४ चैत । पछिल्लो समय नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर बढेसँगै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको छ । दैनिक सङ्क्रमण दर बढेसँगै विज्ञ र सरकारले आगामी दिनमा अवस्था चिन्ताजनक हुन सक्ने आँकलन गरेका छन् ।

सरकारले आगामी जेठ–असारमा कोरोना भाइरसको सङ्क्रमण फेरि उच्च विन्दुमा पुग्न सक्ने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि सङ्क्रमण बढ्न थालेको बताउँदै अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने सङ्क्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताउनुभयो ।

उहाँले भारतसहितका विश्वका विभिन्न मुलुकहरुमा दैनिक सङ्क्रमण दर बढ्दै गएकोले नेपालमा पनि जोखिम बढेकाले सबैले सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो । हिजोको संसद बैठकलाई सम्बोधन गर्दै उहाँले भारतमा बढ्दो सङ्क्रमणले नेपाललाई थप सचेत बनाएको समेत बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र २४, २०७७ मंगलवार - ०९:३३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology