पोखरा, २३ चैत । अल नेपाल होमियोप्याथिक एसोशिएसनको १० औं केन्द्रीय महाधिवेशन आगामी चैत्र २७ गते पोखरामा हुने भएको छ । संस्थाले आज पोखरामा पत्रकार सम्मेलन गरि महाधिवेशन बारे जानकारी दिएको हो।
सम्मेलनमा दिएको जानकारी अनुसार महाधिवेशनको लगभग सबै तयारी पूरा भएको एशोसियसन गण्डकीका अध्यक्ष डा. विष्णुप्रसाद चापागाइँले जानकारी दिए।
नेपालमा होमियोप्याथिक चिकित्साको स्थापना २००७ मा भएको हो । हाल नेपालमा होमियोप्याथिक अस्पताल ६, क्लिनिक २०० र फार्मेसी १००० रहेको डा. चापागाइँले बताए ।
त्यस्तै डा. चापागाईले एशोसिएसनको महाधिवेशनमा सातै प्रदेशबाट होमियोप्याथी चिकित्सकहरुको सहभागी रहने जानकारी दिए ।