Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रुसमा अस्पताल बलिरह्यो, बिरामीको अप्रेसन चलिरह्यो

रुसमा अस्पताल बलिरह्यो, बिरामीको अप्रेसन चलिरह्यो

images

एजेन्सी

२३, चैत्र २०७७
रुसमा अस्पताल बलिरह्यो, बिरामीको अप्रेसन चलिरह्यो
images

रुसको सुदूर पूर्वी सहर ब्लागोवेश्चेन्स्कको एक अस्पतालमा शुक्रवार अचानक आगो लागेको थियो । दमकलका कर्मचारीहरुलाई यो आगो निभाउन करिब दुई घण्टा लागेको थियो । तर, यो भन्दा महत्वपूर्ण कुरा त अस्पतालमा आगो लागिरहँदा पनि डाक्टरहरु अप्रेसनमा व्यस्त थिए ।

उनीहरु एक जना बिरामीको मुटुको अप्रेसन गरिरहेका थिए । डाक्टरहरुले यस कार्यलाई बीचमा नछोडी अस्पतालमा भीषण आगलागी भएपनि अप्रेसन छोडेनन् । आफ्नो ज्यानको पर्वाह नगरी उनीहरु बिरामीको ज्यान बचाउन लागिरहे ।

दमकल कर्मचारीका अनुसार उनीहरुले अस्पतालमा लागेको आगोको धुवाँ अप्रेसन थिएटरमा नपुगोस् भनेर पङ्खाको प्रयोग गरेका थिए । अस्पतालमा बिजुलीका तारहरु आगोले जले पनि उनीहरुले पङ्खा चलाउन बेग्लै स्थानबाट बिजुलीको प्रबन्ध गरेका थिए । त्यसैगरि अन्य टीम आगो निभाउने तिर लागेका थिए । अर्कोतिर भने आठ जना डाक्टर र नर्सको टोली बिरामीको अप्रेसन गर्न लागेका थिए ।

उक्त अस्पताल बिसौं शताब्दीको अस्पताल हो । सन् १९०७ मा बनेको यो अस्पताल भित्र दुर्घटना भएको समयमा १२८ जना मानिसहरु थिए । सबैलाई उक्त अस्पतालबाट सुरक्षित रुपमा बाहिर निकालिए पनि एक जना युवतीको भने ज्यान गएको थियो ।

images
प्रकाशित मिति :चैत्र २३, २०७७ सोमवार - ०७:३१:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology