Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आयल निगमले २० दिन नपुग्दै फेरि बढायो पेट्रोल डिजलको मूल्य

आयल निगमले २० दिन नपुग्दै फेरि बढायो पेट्रोल डिजलको मूल्य

images

इच्छाकामना न्युज

२२, चैत्र २०७७
आयल निगमले २० दिन नपुग्दै फेरि बढायो पेट्रोल डिजलको मूल्य
images

काठमाडौं, २२ चैत । पछिल्लो पटक चैत ३ पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयल निगमले फेरि पेट्रोल र डिजल र मट्टीतेल मूल्य बढाएको छ । निगमका अनुसार साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो ।

बढे पछिको मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु. १२० र डिजल र मट्टीतेलको रु. १०३ रूपैयाँ कायम भएको छ । पेट्रोलियम पदार्थको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने गरी बढेको हो ।

खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् रहेको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार निगमले इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार मूल्य समायोजन गरेको हो ।

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २२:३३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology