Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सगरमाथा आरोहण गर्न लागेका इच्छाकामनाका युवालाई गाउँपालिकाद्वारा ३ लाख सहयोग सहित विदाई

सगरमाथा आरोहण गर्न लागेका इच्छाकामनाका युवालाई गाउँपालिकाद्वारा ३ लाख सहयोग सहित विदाई

images

इच्छाकामना न्युज

२२, चैत्र २०७७
सगरमाथा आरोहण गर्न लागेका इच्छाकामनाका युवालाई गाउँपालिकाद्वारा ३ लाख सहयोग सहित विदाई
images

चैत्र २२, मुग्लिन । “सिराइचुली देखि सगरमाथा सम्म” भन्ने मूल नाराका साथ चितवनको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका मुग्निलका एक युृवालाई आइतबार गाउँपालिकाले नगद सहित विदाइ गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा चितवनको विभिन्न पर्यटकीय स्थल अंकित लोगो फहराउने उद्देश्यका साथ सगरमाथा आरोहणका लागि जान लागेका इच्छाकामना गाउँपालिका वडा नं. ५ का कुमार गुरुङ्गलाई गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि नगद सहयोग सहित विदाई गरिएको हो।

आरोही गुरुङले सामुद्रिक सतहदेखि १ हजार ९ सय ४५ मिटर उचाइमा रहेका चितवनको सबैभन्दा अग्लो भुमीे सिराइचुलीमा पुगेर शनिबार सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृति कुमार श्रेष्ठले बताउनुभयो ।

169151532_1504433436418986_6439672277979012943_n.jpg

इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता कुमारी गुरुङ्गले सगरमाथा आरोहण गर्न लागेका कुमार गुरुङ्गलाई ३ लाख रुपैयाको चेक हस्तान्तरण गर्दै गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकोेमा खुसी ब्यक्त गर्नुभयो। अध्यक्ष गुरुङले आरोही कुमार गुरुङलाई आरोहण सफलताको लागि शुभकामना पनि ब्यक्त गर्नुभयो।

कोभिड १९ महामारीको जोखिम बीच चितवन जिल्लाबाट पनि आरोहण को अभियान सञ्चालन हुनुले समग्र चितवनको पर्यटन प्रवर्द्धन हुने आरोहणका प्रचार प्रसार संयोजक कुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफालाई सगरमाथा आरोहणको तयारी गर्ने नेपालस्थित सेभेन समिट ट्रेक मार्फत नै कुमार गुरुङको पनि आहरोणको तयारी भएकोले पनि चितवन को पर्यटन प्रवर्धन त्यसमा पनि इच्छाकामना गाउँपालिका भित्रको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिइएको छ ।

सगरमाथा चढ्न ३० लाख भन्दा बढी लाग्ने भएकोले आफुहरुले अभियान चलाएर आर्थिक संकलन गरेको अभियानका आर्थिक संयोजक राजेन्द्र लामाले बताउनुभयो । अहिले सम्म विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट झण्डै ५ लाख रुपैया सहयोग जुटेको लामाले बताउनुभयो ।

यसअघि आरोही गुरुङले स्वीडेन मा रहेको ५ हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकोले पनि मौसमले साथ दिए अप्रिल महिनाको अन्तिममा सगरमाथाको सफल आरोहण गरिसक्ने लामाले बताएका छन् ।

images
प्रकाशित मिति :चैत्र २२, २०७७ आइतवार - २०:३८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology