Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना सङ्क्रमण बढेसँगै बंगलादेशमा एक हप्ता लकडाउन गर्ने तयारी 

कोरोना सङ्क्रमण बढेसँगै बंगलादेशमा एक हप्ता लकडाउन गर्ने तयारी 

एजेन्सी

२१, चैत्र २०७७
कोरोना सङ्क्रमण बढेसँगै बंगलादेशमा एक हप्ता लकडाउन गर्ने तयारी 
images

बंगलादेशमा कोरोना सङ्क्रमण बढेसँगै सरकारले एक हप्ता लकडाउन गर्ने तयारी गरेको छ । सोमबार वा मँगलबारबाट एक हप्तासम्म लकडाउन हुन सक्ने राज्यमन्त्री फरहाद हुसैनलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

images
images

लकडाउनको औपचारिक घोषणा गर्ने बेलामा सरकारले सर्वसाधारणलाई तयारी गर्ने पर्याप्त समय दिइने उहाँको भनाइ छ । अर्का एकजना मन्त्रीलाई उधृत गर्दै बँगलादेशका स्थानीय सञ्चार माध्यमले लकडाउन सोमबार सुरु हुने दावी गरेको छ ।

यस पटकको लकडाउन कति कडा हुने भन्ने विषयमा भने केही खुलाइएको छैन । राज्यमन्त्री फरहाद हुसैनले आतपकालिन सेवा बन्द नगरिने जानकारी दिनुभयो । बंगलादेशमा पछिल्लो एक हप्ताभित्र कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढीरहेको छ ।

सरकारी अधिकारीले बंगलादेशमा कोरोना सङ्क्रमण दर २० प्रतिशतभन्दा बढेको बताएका छन् । हिजो ३० हजारको पीसिआर परीक्षण गर्दा ६ हजार ६ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । 

images
प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - १९:००:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology