काठमाण्डौ, २१ चैत । तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषदको चौथो राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। परिषद्को आज बसेको ११ औं केन्द्रीय पदाधिकारीको बैठकले यहि चैत २७ र २८ गते चितवनमा गर्ने भनिएको ऐतिहासिक चौथो राष्ट्रिय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
बैठकले परिषद् र तमु धीं नेपाल बीच एकता गर्ने भन्ने सम्बन्धमा विभिन्न चरणमा वार्ताहरु भैरहेको साथै चैत १९ गते पोखरामा भएको दुई पक्ष बिचको वार्ता सकरात्मक भएकोले वार्ता समितिको अनुरोध बमोजिम महाधिवेशन स्थगित गर्नुपरेको जानकारी दिएको छ। परिषद्ले महाधिवेशन अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको विज्ञप्ति जारी गरी जानकारी दिएको हो।
यस्तै परिषद्ले महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको अवस्थामा स्थगित गर्ने निर्णयले पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।
