Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ताइवानमा रेल दुर्घटना परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो

ताइवानमा रेल दुर्घटना परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो

इच्छाकामना न्युज

२१, चैत्र २०७७
ताइवानमा रेल दुर्घटना परि ज्यान गुमाउनेको संख्या ५० पुग्यो
images

काठमाण्डौं,२१ चैत्र ।
ताइवानको एक सुरुङभित्र भएको रेल दुर्घटना परि ज्यान गुमाउनेको संख्या ५० पुगेको छ। शुक्रबार विहान भएको दुर्घटनामा दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।

images
images

४ सय ९४ जना यात्रु बोकेको आठ डब्बाको उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएको थियो । उद्धारकर्ताहरुले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका थिए । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाउन सफल भएका थिए ।

राजधानी सहर ताइपेईबाट ताइतुङसम्मको गन्तव्यमा हिँडेको उक्त रेलमा साताब्यापी बार्षिक बिदा मनाउन हिँडेका यात्रुहरु धेरै थिए । रेल खचाखच भरिएकाले केही यात्रुहरु उभिएरै यात्रा गरिरहेका थिए । उक्त रेललाई सुरक्षित रेलका रूपमा लिइन्थ्यो । यो रेलको गति १ सय ३० किलोमिटर प्रतिघण्टा रहेको बिबिसीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०७७ शनिवार - ०८:१३:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology