Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतको पुणेमा १२ घण्टे कफ्र्युको घोषणा 

भारतको पुणेमा १२ घण्टे कफ्र्युको घोषणा 

images

एजेन्सी

२०, चैत्र २०७७
भारतको पुणेमा १२ घण्टे कफ्र्युको घोषणा 
images

भारतको महाराष्ट्रमा कोरोना सङ्क्रमण बढ्न थालेपछि पुणेमा १२ घण्टे रात्रीकालीन कफ्र्युको घोषणा गरिएको छ । कफ्र्यु भोलि रातिबाट लागु हुने बताइएको छ ।

आगामी शुक्रबार कफ्र्युको समीक्षा गरिने पुणेका डिभिजनल कमिश्नर सौरभ रावलाई उधृत गर्दै समाचार एजेन्सी एएनआइले जनाएको छ । रावका अनुसार अबको एक हप्ता पुणेमा बार, होटल तथा रेष्टुरेन्ट बन्द रहनेछन् ।

पुणेमा अन्तिम संस्कार तथा विवाह बाहेकका सबै सार्वजनिक कार्यक्रमका लायि अनुमति नदिइएको बीबीसीले उल्लेख गरेको छ । अन्तिम संस्कारका लागि बढीमा २० जना र विवाहका लागि बढीमा ५० जना सहभागी हुन पाउनेछन् ।

आगामी ७ दिन धार्मिक स्थल पनि बन्द रहने बताइएको छ । 

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २०:३७:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology