Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

इन्टरनेट सेवा बन्द भएपछि म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन 

इन्टरनेट सेवा बन्द भएपछि म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन 

images

एजेन्सी

२०, चैत्र २०७७
इन्टरनेट सेवा बन्द भएपछि म्यानमारमा सैनिक शासन विरुद्ध प्रदर्शन 
images

म्यानमारमा सेनाले इन्टरनेट सेवा बन्द गरेको छ । इन्टरनेट सेवा बन्द भएपछि सैनिक शासनको विरुद्धमा सर्वसाधारणले प्रदर्शन तीव्र पारेका छन् । आज कार्यकर्ताहरुले मैनवत्ती जुलुस निकालेका छन् ।

म्यानमारमा अहिले फिक्स लाइनका ग्राहकहरुलाई मात्रै इन्टरनेटको सुविधा दिइएको छ भने मोबाइल इन्टरनेट पूर्णरुपमा बन्द गरिएको छ । तर सेनाले भने इन्टरनेट बन्द गर्नुको कारण केही नभएको जनाएको छ ।

सामाजिक कार्यकर्ताले भने सरकार इन्टरनेटको माध्यमबाट देशभरका नागरिक एक आपसमा जोडिएका कारण डराएको सेनाले इन्टरनेट बन्द गरेको आरोप लगाएका छन् ।

एक प्रदर्शनकारी समूह एएपीपीका अनुसार अहिलेसम्म म्यानमारमा सैनिक कारवाहीमा परी कम्तिमा ५ सय ४३ जनाको मृत्यु भइसकेको छ । इन्टरनेट नभए पनि फोन सम्पर्कबाट जोडिएर गोरिल्ला शैलीबाट प्रदर्शन जारी राख्ने बताएको बीबीसीले लेखेको छ । 

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २०:३५:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology