Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

काठमाडौँ उपत्यकामा झरेको मेलम्ची पानीको औपचारिक उद्घाटन 

काठमाडौँ उपत्यकामा झरेको मेलम्ची पानीको औपचारिक उद्घाटन 

images

इच्छाकामना न्युज

२०, चैत्र २०७७
काठमाडौँ उपत्यकामा झरेको मेलम्ची पानीको औपचारिक उद्घाटन 
images

काठमाण्डौ, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाबासीको धारामा झरेको मेलम्ची पानीको आज औपचारिक उद्घाटन गर्नुभएको छ । यही चैत १५ गते मेलम्चीको पानी उपत्यकाबासीको धारामा झरेको भए पनि औपचारिक उद्घाटन भने आज गरिएको हो ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले तीनवटा ढुङ्गेधारासहित निर्माण गरिएको स्मारकमा धाराको टुटी खोली उद्घाटन गर्नुभएको हो । यो ढुङ्गेधाराको पानी सर्वसाधारणाले उपभोग गर्न पाउनेछन् । ढुङ्गेधारा नजिकैको पानीको फोहोराको पनि राष्ट्रपतिले स्वीच थिचेर उद्घाटन गर्नुभएको छ ।

उद्घाटनपछि आयोजित समारोहमा  राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको सपना देख्ने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धन्यवाद दिनुभयो ।  मेलम्ची खानेपानी आयोजनाको परिकल्पना गरी सार्वजनिक कार्यक्रममै सिन्धुपाल्चोकबाट मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने प्रतिबद्धता  पूर्वप्रधानमन्त्री भट्टराईले जनाएको उहाँले सम्झनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना औपचारिक रूपमा काठमाडौं उपत्यकामा भित्रिएसँगै देशमा नयाँ सफलता प्राप्त भएको टिप्पणी गर्नुभयो । उहाँले आगामी तीन वर्षपछि याङ्ग्री र लार्केको पानी काठमाडौ आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणका कामहरु एक–अर्काेसँग नबाझिने गरि विभिन्न मन्त्रालय र अन्तर–मन्त्रालयहरुसँग प्रभावकारी रुपमा समन्वय गर्दै विकास निर्माणको काम अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी नयाँ वर्षमा पुननिर्मित धरहरा पनि उद्घाटन हुने उहाँले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - २०:३१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology