Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बिहीवार एकैदिन २६ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिए 

बिहीवार एकैदिन २६ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिए 

इच्छाकामना न्युज

१९, चैत्र २०७७
बिहीवार एकैदिन २६ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिए 
images

 काठमाण्डौं, १९ चैत्र ।
आज बिहीवार एकैदिन २६ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि आज तीन वटा टोलीका २६ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ। यसमध्ये १९ जना पुरुष र सात जना महिला रहेका छन् ।

images
images

अहिलेसम्म ७२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका विभागकी प्रवक्ता मीरा आचार्यले जानकारी दिनुभयो । वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि २० टोलीका एक सय ५१ जनाले अनुमति लिएका छन् ।

अनुमति लिएकामध्ये एक सय चार जना पुरुष र ४७ जना महिला रहेका छन् र अनुमतिबापत विभागले अहिलेसम्म १० करोड ५३ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । 

 

paryatak_9qmNdcvPcD.jfif

images
प्रकाशित मिति :चैत्र १९, २०७७ बिहिवार - २०:३५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology