बागलुङ, १९ चैत्र ।
बागलुङमा माछा मार्ने बम बनाउने क्रममा विस्फोट हुदाँ दुई जना घाइते भएका छन् ।
जिल्लाको बडिगाड गाउँपालिका–२ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा विस्फोट मित्र राना र अरुण कुमार पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो । उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको सूचना अधिकारी हवारीले बताए ।
घाइते दुवै जनालाई उपचारको लागि पाल्पा स्थित प्रभास अस्पताल पठाइएको छ ।